मेगा बैंकले एकैदिनमा १८ वटा नयाँ शाखा खोल्यो, औपचारिक कारोबार सुरु

सोमबार, माघ २१, २०७५ साल,
काठमाडौं । मेगा बैंक नेपालले एकैसाथ १८ वटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले देशैभर ४ वटा नगरपालिकका र १४ वटा गाउँपालिकामा औपचारिक कारोबार सुरु गरेको हो ।

नयाँ शाखा भएका नगरपालिकाहरुमा तनहुँको भानु, रुपन्देहीको सैनामैना, सिराहाको लहान र स्याङ्जाको भीरकोट रहेका छन् । तीमध्ये भानु नगरपालिकाका मेयर उदयराज गौलीले भानु शाखा, सैनामेना नगरपालिका मेयर चित्रबहादुर कार्कीले सैनामैना शाखा, लहान नगरपालिकाका मेयर मुनी साहले लहान शाखा र भीरकोट नगरपालिकाका मेयर छायाँराम खनालले भीरकोट शाखाको उद्घाटन गरे ।

यसैगरी, शाखा विस्तार भएका १४ वटा गाउँपालिकामा धादिङको त्रिपुरासुन्दरी, गोरखाको भीमसेन, सिन्धुपाल्चोकको हेलम्बु, इन्द्रावती र पाँचपोखरी, सर्लाहीको रामनगर, सिराहाको विष्णुपुर, धनुषाको लक्ष्मीनियाँ, पाँचथरको कुमायक, इलामको रोङ, ओखलढुंगाको खिजिदेम्बा, उदयपुरको रौतामाई, बर्दियाको गेरुवा, प्युठानको ऐरावती रहेका छन् ।

त्रिपुरासन्दुरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले त्रिपुरासुन्दुरी शाखा, भीमसेन गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले भीमसेन शाखा, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बु शाखा, इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले इन्द्रावती शाखा, पाँचपोखरी गाउँपालिकाका अध्यक्ष टासी लामा ह्याल्मोले पाँचपोखरी शाखाको उद्घाट्न गरे ।

यस्तै, रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माले रामनगर शाखा, विष्णुपुर गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवले विष्णुपुर शाखा, लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष विन्देश्वर यादवले मेगा बैंकको लक्ष्मीनियाँ शाखा, कुम्यायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले कुम्मायक शाखा, रोङ गाउँपालिकाका अध्यक्ष शम्शेर राईले रोङ शाखा, खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष बेदबहादुर रोकाले खिजिदेम्बा शाखा, रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले रौतामाई शाखा, गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले गेरुवा शाखा र ऐरावती गाउँपालिकाका अध्यक्ष नबिलबिक्रम शाहले मेगा बैंकको ऐरावती शाखाको उद्घाटन गरे ।

यसअघि गत बिहीबार धादिङको ज्वालामुखी गाउँपालिकामा मेगा बैंकको नयाँ शाखा उद्घाटन गरिएको थियो । मेगाले बैंकिङ पहुँच भन्दा बाहिर रहेका नेपालीहरुलाई ‘हलोदेखि हाइड्रोसम्म’को सेवा पुर्याउने उद्देश्यले ग्रामीण भेगमा शाखा विस्तारलाई तिव्रता दिएको जनाएको छ ।

मेगा बैंकका देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटीएमको सञ्जाल, ११९ वटा शाखारहित केन्द्रहरु र २३ सय भन्दा बढी मेगा रेमिट एजेन्ट छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411