एनसेलले ल्यायो ‘गज्जबको डेटा प्याक’

सोमबार, माघ २१, २०७५ साल,
काठमाडौं । एनसेलका ग्राहकले अब सुलभ दरका नयाँ अल टाइम प्याकहरु मार्फत इन्टरनेट सेवाको फाइदा लिन पाउने भएका छन्। एनसेलले ‘गज्जबको डेटा प्याक’ नामक आकर्षक नयाँ डेटा प्याक ल्याएको हो। जस अन्तर्गत ग्राहकले आफ्नो आवश्यकता अनुसार ७५ एमबी देखि ३ जिबी सम्मको विभिन्न प्याकहरु सुचारु गर्न सक्नेछन्।

गज्जबको डेटा प्याक सोमबार (माघ २१) बाट लागू हुने कम्पनीले जनाएको छ। यस प्याक अन्तर्गत ग्राहकले एक दिनको समयसिमा रहेको ७५ एमबी डेटा प्याक करसहित १९.१५ रुपैयाँमा सुचारु गर्न सक्नेछन्। तीन दिनको समयसिमा रहेको २०० एमबी डेटा प्याक करसहित ४४.६९ रुपैयाँमा सुचारु गर्न सक्नेछन्।

त्यसैगरी ५०० एमबी डेटा प्याक करसहित ९५.७७ रुपैयाँमा खरिद गर्न सकिनेछ। यो प्याकको समयसिमा सात दिनको हुनेछ। धेरै डेटा भोलुम प्रयोग गर्ने ग्राहकले एक महिनाको समयसिमा रहेको तीन जिबी डेटा प्याक करसहित ४५३.३० रुपैयाँमा लिन सकिनेछ।

ग्राहकले एस्ट्रिक्स् १७१२३ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार गज्जबको प्याकहरु सुचारु गर्न सक्नेछन्। त्यसैगरी एनसेल एपबाट पनि यी डेटा प्याकहरु सजिलै खरिद गर्न सकिनेछ।

गज्जबको डेटा प्याक अन्तर्गत ल्याइएको नयाँ अल टाइम डेटा भोलुमहरुले सुलभ दरमा ग्राहकका लागि डेटा कनेक्टिभिटी सुनिश्चत गर्ने एनसेलको भनाई छ। यो अफर सुचारु भएको दिन देखि ९० दिनका लागि मान्य रहनेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489