नेपाल बैंकको ६ महिनाको खुद नाफा १ अर्ब ६६ करोड, जगेडा कोष १९ अर्ब ६५ करोड

शनिबार, माघ १९, २०७५ साल,
काठमाडौं । नेपाल बैंकको खुद नाफा चालू आर्थिक वर्षको ६ महिना अवधिमा सामान्य बढेको छ। गत आवको पुस मसान्तसम्ममा एक अर्ब ६३ करोड ८४ लाख नाफा कमाएको बैंकको नाफा एक अर्ब ६६ करोड १४ लाख रुपैयाँ पुगेको छ ।

नेपाल बैंकले शनिबार प्रकाशित गरेको रिर्पोट अनुसार बैंकको जगेडा कोषको आकार १९ अर्ब ६५ करोड पुगेको छ । गत आवको पुस मसान्तमा बैंकको जगेडा कोष ५ अर्ब ४ करोड ७५ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंकको जगेडा कोष १४ अर्ब ६० करोड रुपैयाँले बढेको हो ।

बैंकले पुस मसान्त्सम्ममा एक अर्ब ५७ करोड ६८ लाख रुपैयाँ फ्रि प्रोफिट आर्जन गरेको उल्लेख छ । गत आर्थिक वर्षको यसै त्रैमासिक अवधिमा बैंकले एक अर्ब ६३ करोड ८४ लाख रुपैयाँ फ्रि प्रोफिट आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकको फ्रि प्रोफिट दुई करोड ३० लाखले घटेको हो ।

बैंकले खुद नाफामा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टबाट ८ करोड ४६ लाख रुपैयाँ व्यवस्था पश्चात बैंकको खुद नाफा भन्दा लाभांश क्षमता घटेको हो ।

बैंकको गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ८ अर्ब ४ करोड ५३ लाख रहेको बैंकको चुक्ता पूँजी एफपिओ बिक्री पश्चात २१९६ प्रतिशतले बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुगेको छ ।

बैंकको पूँजी वृद्धिको अनुपातमा नाफा बढ्न नसक्दा यसको असर प्रतिशेयर आम्दानीमा देखिएको छ । पुस मसान्तसम्ममा बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ८७ पैसा रहेको छ । गत आवको पुसमा बैंकको इपिएस ४० रुपैयाँ ७४ पैसा रहेको थियो ।

गत आवको पुस मसान्तको तुलनामा निक्षेप संकलनमा १५ प्रतिशत बढोत्तरी गरेको नेपाल बैंकले कर्जा विस्तार ९ प्रतिशतले मात्र बढाएको छ ।

यस अवधिमा बैंकले निक्षेप संकलन एक खर्ब पाँच अर्ब ६७ करोड ८२ लाख रुपैयाँ गरेको छ भने ८५ करोड ७९ लाख ८४ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ । गत वर्ष पुसमा बैंकको निक्षेप संकलन ९१ अर्ब ८९ करोड ८६ लाख र कर्जा लगानी ७८ अर्ब ७१ करोड २ लाख रुपैयाँ बराबरको प्रवाह गरेको थियो । नेपाल बैंकको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार कर्जा निक्षेप अनुपात ७१.४७ प्रतिशत मात्र छ ।

नेपाल बैंकको खुद ब्याज आम्दानी गत पुसको तुलनामा २२ करोड ६९ लाख रुपैयाँले बढेको छ । गत आवको पुस मसान्तमा दुई अर्ब ९४ करोड ३ लाख खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको दोस्रो त्रैमासमा तीन अर्ब १६ करोड ७२ लाख आम्दानी गरेको हो ।

चालू आवको ६ महिनामा ५ अर्ब २५ लाख खुद ब्याज आम्दानी गरेको बैंकले १ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ ब्याज खर्च गरेको छ । यस्तै बैंकले यस अवधिमा सञ्चालन नाफा २६.२० प्रतिशतले बढाएको छ । गत आवको पुसमा एक अर्ब ८३ करोड २४ लाख रहेको सञ्चालन नाफा २ अर्ब ३१ करोड २४ लाख पुगेको हो ।
 
बैंकको निक्षेप संकलन लागत ३.५८ प्रतिशत र आधार ब्याजदर ६.०६ प्रतिशत मात्र रहेको छ । गत पुस मसान्तमा बैंकको निक्षेप संकलन लागत २.९४ प्रतिशत र आधार ब्याजदर ६.९३ प्रतिशत रहेको थियो । गत आवको पुस मसान्तमा ३.२३ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात घटेर २.७४ प्रतिशतमा झरेको छ ।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411