ग्लोबल आइएमई बैंकबाट लिएको कृषि ऋणको ५० प्रतिशत ब्याज नगरपालिकाले तिर्ने

शुक्रबार, माघ १८, २०७५ साल,

काठमाडौं । ग्लोबल आइएमई बैंक र गुल्मीको मुसिकोट नगरपालिकाबीच सम्झौता भएको छ।

सम्झौता अनुसार स्थानीय कृषकलाई बैंकमार्फत ऋण प्रवाह गर्ने र उक्त ऋणको ५० प्रतिशत व्याज मुसिकोट नगरपालिकाले बैङ्कलाई भुक्तानी गर्ने छ।

स्थानीय कृषि व्यवसायको प्रर्वद्धनमा सहयोग गर्न तथा कृषकलाई सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउन सम्झौता गरिएको बैंकको भनाइ छ।

कृषकले आवस्यक कागज पूरा गरी नियम अनुसार न्यूनतम २ लाख देखि अधिकतम १० लाख सम्मको ऋण दिइने बैंकको भनाइ छ।

बैंकले १३३ शाखा, १५ राजश्व संकलन काउण्टर, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर तथा ११७ शाखा रहित बैंकिङ्ग सेवा छन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489