आशा लघुवित्तको आईपीओमा पहिलो दिनमा नै पर्‍यो ३ गुणाभन्दा बढी आवेदन

शुक्रबार, माघ १८, २०७५ साल,
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिननै ३ गुणाभन्दा बढी आवेदन परेको छ । कम्पनीले शुक्रवारदेखि ६ लाख ७४ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

विक्री प्रबन्धक प्रभु क्यापिटलले सि-आस्बा मार्फत आवेदन संकलन गरिएको भए पनि शुक्रवार २ः३० बजेसम्म ६१ हजार ६ सय ४ जना आवेदकले २३ लाख १४ हजार ६ सय ९० कित्ता शेयर खरीदका लागि गरेको दिएको जानकारी दिएको छ ।

कम्पनीले कुल कित्ता आईपीओ मध्ये १० हजार ३ सय ७० कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरी ३३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट पश्चात बाँकी रहेको ६ लाख २९ हजार ९ सय ३० कित्ता सर्वसाधारणकोे लागि निष्कासन गरेको हो ।

यो आईपीओ तोके बमोजिम आवेदन परे माघ २२ सम्म खुला रहनेछ भने सो अवधिमा पूर्ण आवेदन नपरे फागुन १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

शेयर खरीदका लागि न्यनूतम १० कित्ता र अधिकतम ३ हजार ३ सय ७० कित्ताको लागि आवेदन सकिनेछ । केयर रेटिङ नेपालले यस आईपीओलाई आधारभूत पक्ष औषतभन्दा तल रहेको बुझाउँने ग्रेड ४ प्रदान गरेको छ ।

हाल रू १४ करोड चुक्ता पूँजी रहेको कम्पनीको आईपीओ बाँडफाँट पश्चात रू २० करोड ७४ लाख पुग्नेछ । आईपीओ पश्चात कम्पनीको शेयर स्वामित्व संस्थापकतर्फ ६७ दशमलव ५ प्रतिशत र सर्वसाधारणतर्फ ३२ दशमलव ५ प्रतिशत कायम हुनेछ ।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489