मजदुरद्वारा आन्दोलनको घोषणा, २२ गते देशव्यापी हड्ताल

शुक्रबार, माघ १८, २०७५ साल,
काठमाडौं । होटल, रेस्टुराँ तथा फस्टफूडमा लिइने सेवा शुल्क नलिने गरी रेस्टुराँ एन्ड बार एशोसिएशन ९रेबान०ले गरेको निर्णयको विरोधमा सो क्षेत्रमा कार्यरत मजदुरहरुले देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेस्टुराँ मजदुर युनियन र अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघले शुक्रवार संयुक्त विज्ञप्ति निकाल्दै आन्दोलनको घोषणा गरेका हुन् ।

उनीहरुले माघ २० गते दिनको ४ बजे देशव्यापी रुपमा बृहत कोणसभाहरु आयोजना गर्ने र माघ २२ गतेदेखि देशव्यापी रुपमा रेस्टुराँहरुमा हड्ताल गर्ने लगायतका संघर्षका कार्यक्रम घोषणा गरेका छन् । यसैगरी प्रतिष्ठानस्तरमा सबै खालका विरोधका कार्यक्रमहरु सञ्चालन गर्ने, रेबानलाई सार्वजनिक रुपमा बहिष्कार गर्ने, सेवा शुल्क हटाउने रेस्टुराँहरुलाई सञ्चालन गर्न रोक लगाउने जस्ता कार्यक्रमहरु गरिने विज्ञप्तिमा उल्लेख छ ।

प्रचलित कानून, ऐन, नियमहरुमा व्यवस्था भए बमोजिम श्रमिकहरुले बिगत १० वर्षभन्दा बढी समयदेखि खाइपाई आएको सेवा सुविधा तथा रकम घटाउने गरी एकलौटी रुपमा सेवा शुल्क नलिने भनी रेबानले गरेको निर्णय पूर्व सम्झौता, श्रम ऐन २०७४ को दफा ३४ (३) र दफा १७८ (३) विपरित भएको उनीहरुको दाबी छ । रेबानको निर्णयको निन्दा र भर्त्सना गर्दै उनीहरुले रोजगारदाता र श्रमिकहरु अनावश्यक विवाद निकाल्ने कार्य सह्य नहुने बताएका छन् । श्रमिकले खाइपाई आएका कुनै पनि सेवा सुविधा घटाउने गरी गरिने कुनै पनि कार्यको प्रतिकार गर्ने उनीहरुको भनाइ छ । सेवा शुल्क सम्बन्धमा रेबानले आफ्नो निर्णय नसच्याएसम्म थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने उनीहरुले बताए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411