आशा लघुवित्तको आईपिओ खुल्यो,कतिसम्म आवेदन गर्न सकिन्छ ?

शुक्रबार, माघ १८, २०७५ साल,
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले माघ १८ गतेदेखि ६ करोड ७४ लाख रुपैयाँ बराबरको साधारण शेयर ९आईपिओ० निष्काशन गरेको छ। लघुवित्त कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

लघुवित्तले निष्काशन गर्ने कूल ६ लाख ७४ हजार कित्तामध्ये १० हजार ३७० कित्ता कर्मचारी र ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका इकाईलाई छुट्टाइएको छ । ६ लाख २९ हजार ९३० कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न पाउनेछन् । जसमा न्यूनतम १० कित्तादेखि ३ हजार ३७० कित्तासम्म आवेदन गर्न सकिनेछ ।

लघुवित्तले निष्काशन गर्न लागेको आईपिओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपि आइपिओ ग्रेड ४’ दिएको छ ।

कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई यसअघि नै नियुक्त गरिसकेको छ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आईपिओमा आवेदन गर्न सक्नेछन् भने मेरो शेयर प्रयोगकर्ताले उक्त सफ्टवेयर मार्फत माघ २२ गतेसम्म आवेदन गर्न सक्नेछन् ।

हाल १४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आईपिओ जारी गरेपछि २० करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।




 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411