एनएमबि बैंकको ६ महिनाको खुद नाफा १ अर्ब ११ करोड रुपैयाँ

शुक्रबार, माघ १८, २०७५ साल,
काठमाडौं । एनएमबी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एक अर्ब १० करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत पुस मसान्तको तुलनामा बैंकले १५.२८ प्रतिशतले खुद नाफा बढाएको हो।

गत पुस मसान्तसम्ममा बैकले ९६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यस अवधिमा बैंकको खुद नाफामा १४ करोड ७१ लाख रुपैयाँले सुधार आएको हो।

चुक्ता पूँजी ८ अर्ब ७४ करोड ३७ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ९ अर्ब २४ करोड ३२ लाख रुपैयाँ सञ्चित छ । गत वर्षको यसै अवधिमा बैंकको जगेडा कोषमा ५ अर्ब ४० करोड ४८ लाख रुपैयाँ सञ्चित थियो । बैंकको जगेडा कोष ७१ प्रतिशतले बढेको हो ।

बैंकले पुस मसान्तसम्ममा ९७ करोड ४८ लाख ५५ हजार रुपैयाँ फ्रि प्रोफिट गरेको छ । जुन गत वर्षको यसै अवधिको तुलनामा ३.२२ प्रतिशत अर्थात ३ करोड २४ लाख कम हो । गत वर्षको प्रथम त्रैमासमा बैंकको फ्रि प्रोफिट एक अर्ब ७२ लाख रुपैयाँ थियो ।

बैंकले एक अर्ब १० करोड ९९ लाख खुद नाफा आर्जन गरेकोमा १३ करोड ५० लाख रुपैयाँ रेगुलेटरी एड्जस्टमेन्ट वापत व्यवस्था गर्दा बैंकको लाभांश क्षमता खुद नाफाभन्दा घटेको हो ।

बैंकको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ५५ पैसा कायम भएको छ । गत वर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ३३ पैसा थियो ।

चालु आवको पुस मसान्तसम्ममा बैंकले निक्षेप संकलनमा भन्दा कर्जा लगानी जोड दिएको छ । यस अवधिमा बैंकको बचत संकलन ९.३३ प्रतिशतले बढ्दा कर्जा लगानी २१.५८ प्रतिशतले सुधार आएको हो ।

चालु आवको ६ महिना अवधिसम्ममा ८८ अर्ब ७ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ८५ अर्ब ३७ करोड ५६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । गत आवको यसै अवधिमा बैंकको निक्षेप ८० अर्ब ५५ करोड २६ लाख र कर्जा प्रवाह रकम ७० अर्ब २२ करोड ३१ लाख रहेको थियो ।

बैंकले पाँच अर्ब २८ करोड ४० लाख ब्याज आम्दानी गरि ३ अर्ब २७ करोड ८५ लाख ब्याज खर्च गरेको छ । यसबाट बैंकले दुई अर्ब ५५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

बैंकले आर्जन गरेको यो खुद ब्याज आम्दानी गत वर्ष यसै अवधिको तुलनामा ४९.२३ प्रतिशत अर्थात ६६ करोड १६ लाख रुपैयाँले धेरै हो। गत आवको पुस मसान्तमा बैंकको खुद ब्याज आम्दानी रकम एक अर्ब ३४ करोड ३९ लाख रुपैयाँ रहेको थियो ।

बैंकको गत वर्षको यसै अवधिमा १.२० प्रतिशत रहेको निष्कृय कर्जा ०.७६ प्रतिशतमा झारेको छ । बैंकको प्रतिशेयर नेटवर्थ बढेर २०५ रुपैयाँ ७१ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात घटेर १२.७२ गुणा रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411