एनसेलको ‘भ्यालेन्टाइन अफर’ सुलभ मूल्यमा असिमित कुराकानी

बिहीवार, माघ १७, २०७५ साल,
काठमाडौं । आउँदै गरेको प्रणय दिवसलाई लक्षित गर्दै निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्रालिले ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ । अफर अन्तर्गत प्रयोगकर्ताले सुलभ मूल्यमा असिमित कुराकानीको मजा लिन सक्ने कम्पनी बताउँछ ।

यो भ्यालेनटाइन अफर भोलि शुक्रबारबाट लागु हुनेछ । अफर अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले एउटा एनसेल नम्बरलाई आफ्नो नम्बरसँग बिना कुनै शुल्क पेयर गरी मात्र ५० पैसा (कर बाहेक) प्रति मिनेटमा फेब्रुवरी महिना भर (माघ १८ देखि फागुन १६ गते) कुरा गर्न सक्नेछन् ।

यसका साथै यो सेवा सुचारु गर्ने ग्राहकले १०० वटा एसएमएस निःशुल्क पाउनेछन् । यसरी प्राप्त निःशुल्क एसएमएस पेयर गरिएको नम्बरमा सन्देशहरु पठाउन प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

ग्राहकले एस्ट्रिक्स् १७१०६ एस्ट्रिक्स् पेयर गरिने मोबाइल नम्बर ह्यास डायल गरी यो सेवा सुचारु गर्न सक्नेछन् ।  ग्राहकहरुले सिधै १७१०६ डायल गरेर पनि अफर सुचारु गरी आफूले चाहेको एनसेल नम्बर पेयर गर्न सक्नेछन् ।

साथै ग्राहकले एनसेल एपबाट पनि यो सेवा सजिलै सुचारु गर्न सक्नेछन् । भ्यालेन्टाइन अफरले ग्राहकलाई सुलभ दरमा आफ्ना प्रियजनसँग सम्पर्कमा रहि रहन मद्दत गर्ने  एनसेलको विश्वास छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411