सरकारका प्रवक्ताको गीतमार्फत् नै जवाफ– 'सालको पातको टपरी हुने, नहुने सल्लैको..
बिहीवार, माघ १७, २०७५ साल,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘नयाँ–नयाँ जवानी छ, नयाँ–नयाँ रंग’ भन्ने गीतमार्फत् आलोचना गरेका कांग्रेस नेता डा मीनेन्द्र रिजाललाई सरकारका प्रवक्ताले पनि गीतमार्फत् नै जवाफ फर्काएका छन् ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले रिजालतर्फ संकेत गर्दै भने– ‘सालको पातको टपरी हुने, नहुने सल्लैको...’ यसअघि प्रतिनिधि सभाको बैठकमा रिजालले ओलीप्रति गीतमार्फत् व्यंग्य गरेका थिए ।
सरकारका प्रवक्ता बाँस्कोटाले संसद्मा सत्तापक्षको दुुईतिहाइ बहुमत भएकै कारण विधेयक पारित भएको बताए । बहुमतले नै त विधेयक पारित गर्छ नि, अल्पमतले सक्दैन भन्ने अर्थमा बाँस्कोटाले उक्त गीत सम्झिएका हुन् ।
उनले डा। गोविन्द केसीको माग पूरा भइसकेको दाबी समेत गरे ।