हिमालयन बैंकले ६ महिनामा खुद नाफा १ अर्ब ३६ करोड रुपैयाँ कमायो

बिहीवार, माघ १७, २०७५ साल,
काठमाडौं । हिमालयन बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ३६ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा  २६ करोड ११ लाख रुपैयाँले धेरै हो । गत आवको यसै अवधिमा बैंकले एक अर्ब १० करोड ५८ लाख खुद नाफा कमाएको थियो ।

हिमालयन बैंकले एक अर्ब १६ करोड ११ लाख रुपैयाँ फ्रि प्रोफिट गरेको छ।राष्ट्र बैंकको रेगुलेटरी एड्जस्टमेन्टमा व्यवस्था गर्दा बैंकको फ्रि प्रोफिट खुद नाफा भन्दा २० करोड ५८ लाख रुपैयाँ घटेको छ ।

गत आवको पुस मसान्तको तुलनामा चालू आवको पुस मसान्तसम्ममा बैंकले एक ५ करोड ३२ लाख रुपैयाँले फ्रि प्रोफिट बढाएको हो । गत वर्षको दोस्रो त्रैमासमा बैंकको फ्रि प्रोफिट एक अर्ब १० करोड ७८ लाख रुपैयाँ थियो ।

यस त्रैमाससम्ममा हिमालयन बैंकको  पूजिा ८ अर्ब ११ करोड ४५ लाखबाट ८ अर्ब ५२ करोड २ लाख रुपैयाँ पुगेको छ ।

यसैगरि गत पुसमा ४ अर्ब ६९ करोड ६५ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषको आकार ६ अर्ब ६ करोड ६० लाखमा बढेृको छ । यस अवधिमा बैंकले एक अर्ब ३६ करोड ९४ लाख रुपैयाँले जगेडा मजबुत बनाएको हो।

बैंकको प्रतिशेयर आम्दानी करिब पाँच रुपैयाँले सुधार भएको छ । गत आवको पुस मसान्तसम्ममा २७ रुपैयाँ २६ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ९ पैसा पुगेको हो । बैंकको प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ २० पैसा छ भने मूल्य आम्दानी अनुपात १७.६४ गुणा बढी छ ।

बैंकले निक्षेप १४.५४ प्रतिशतले वृद्धि गर्दा कर्जा लगानी रकम २०.४१ प्रतिशतले बढाएको हो । चालू आवको दोस्रो त्रैमासम्ममा एक खर्ब ६ अर्ब १० करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ९८ अर्ब ८३ करोड ६६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

बैंकले गत वर्षको सोही अवधिमा बैंकले ९२ अर्ब ६३ करोड ४९ लाख रुपैयाँ निक्षेप संकलन गरि ८२ अर्ब ८ करोड ५५ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

बैंकले दुई अर्ब ४९ करोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्ष यसै अवधिको तुलनामा ३३.३७ प्रतिशत अर्थात ६२ करोड ३९ लाख रुपैयाँले धेरै हो । गत अवको प्रथम त्रैमासमा बैंकले एक अर्ब ८६ करोड ९५ लाख रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो ।

गत वर्षको यसै अवधिमा बैंकमा निष्कृय कर्जा अनुपात १.३२ प्रतिशत रहेकोमा १.२५ प्रतिशतमा झरेको हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411