ग्लोबल आइएमई लघुवित्तको नाफा १६२ प्रतिशतले वृद्धि

बुद्धबार, माघ १६, २०७५ साल,
काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासमा खुद मुनाफा १ करोड ९६ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १६२ दशमलव ४७ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोहिअवधिमा नाफा ७४ लाख रुपैयाँ मात्र कमाएको थियो ।

११ करोड ४ लाख रुपैयाँ चुक्ता पुँजी भएको लघुवित्तले जगेडा कोषमा ७ करोड ७३ लाख रुपैयाँ छुट्याएको छ । जसले कर्जामा २ अर्ब २० करोड ४४ लाख रुपैयाँ लगानी गरेको छ ।

लघुवित्तको खुद व्याज आम्दानी १०४ प्रतिशतले बढेर ५ करोड १८ लाख रुपैयाँ र संचालन मुनाफा २२२ दशमलव २२ प्रतिशतले बढेर २ करोड ९१ लाख रुपैयाँ पुगेको छ । खुद व्याज आम्दानी तथा संचालन मुनाफा बढाएको हुँदा नाफा पनि बढेको हो ।

लघुवित्तको जोखिम युत्त सम्पति १० दशमलव ४० प्रतिशत, निष्कृय कर्जा शुन्य दशमलव ५३ प्रतिशत, प्रतिशेयर आम्दानी  ३५ दशमलव ५० रुपैयाँ, मूल्य आम्दानीको अनुपात ३३ दशलमव ०४ गुणा, प्रतिशेयर नेटवर्थ १३१ दशमलव ७३ रुपैयाँ र तरलता अनुपात १३ दशमल ६३ प्रतिशत रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489