मुक्तिनाथ बैंकको मुनाफामा ५३ प्रतिशतले वृद्धि, इपीस २६ रुपैयाँ

बुद्धबार, माघ १६, २०७५ साल,
काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासमा खुद मुनाफा ४० करोड ४८ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ५३ दशमलव १२ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोहिअवधिमा नाफा २६ करोड ४३ लाख रुपैयाँ कमाएको थियो ।

अघिल्लो वर्षको दोस्रो त्रैमासमा २ अर्ब ५९ करोड १७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको मुक्तिनाथ विकास बैंकले १८ दशमलव २५ प्रतिशत वृद्धि गरी ३ अर्ब ६ करोड ४७ लाख रुपैयाँ पुर्याएको छ । बैंकको जगेडा कोषमा ८५ करोड ४९ लाख रुपैयाँ छुट्याएको छ । बैंकले निक्षेपमा ३८ अर्ब १३ करोड ८२ लाख संकलन गरी कर्जामा ३२ अर्ब ९७ करोड ८१ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ५३ दशमलव ७६ प्रतिशतले बढेर ८५ करोड ८७ लाख रुपैयाँ र संचालन मुनाफा ५४ दशमलव ७० प्रतिशतले बढेर ६२ करोड ५५ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा १० करोड ४४ लाख रुपैयाँ राखेको छ । भने खराब कर्जा ७२ लाख रुपैयाँ उठाएको छ ।

बैंकको जोखिम युत्त सम्पति १३ दशमलव ७८ प्रतिशत, निष्क्रिय कर्जा शून्य दशमलव ०५ प्रतिशत, प्रतिशेयर आम्दानी ९वार्षिक० २६ दशमलव ४२ रुपैयाँ, मूल्य आम्दानीको अनुपात (वार्षिक) १३ दशलमव ३२ गुणा, प्रतिशेयर नेटवर्थ १२७ दशमलव ८९ रुपैयाँ र तरलता अनुपात २३ दशमल ७७ प्रतिशत रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489