नेपाल बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
बुद्धबार, माघ १६, २०७५ साल,
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल बैंकबीच ‘बैंकास्योरेन्स ’ सम्झौता भएको छ।
सम्झौता अनुसार ग्राहकले बैंकका देशभरिका शाखाबाट सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमामा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी गर्न लगायत सम्पूर्ण जीवन बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन्।
सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरे।