आइफोनको मूल्य घटाउँदै एप्पल

बुद्धबार, माघ १६, २०७५ साल,
काठमाडौं । अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले आइफोनको मूल्य घटाउने संकेत गरेको छ । कम्पनीले अमेरिका बाहिर आइफोनको मूल्य घटाउन लागेको हो ।

अमेरिकी मुद्राको भाउ अहिले बढिरहेको भएपनि कम्पनीले अन्य बजारमा स्थानीय मुद्रामा कम्पनीको खुद्रा मूल्य भने यथावत् राख्ने निर्णय गरेको छ ।

कम्पनीको १२ वर्षको इतिहासमा यस्तो दोस्रो पटक हुन थालेको छ । चीन लगायत अन्य बजारमा कम्पनीको विक्री सुस्ताउन थालेको छ । यस्तोमा विक्री बढाउन यो कदम चालिएको हुन सक्ने अनुमान गरिएको छ ।

विगत १ वर्षमा चिनियाँ मुद्राको तुलनामा अमेरिकी डलर १० प्रतिशतले महँगो भएको छ । यसले गर्दा त्यहाँको बजारमा आइफोन थप महँगो भएको छ ।

एप्पलका सीईओ टिम कुकले मंगलवार मात्रै यो योजना सार्वजनिक गरेका हुन् । यस अघि एप्पलले सन् २००७ मा बजारमा डेब्यू गरेको केही समयलगत्तै आइफोनको मूल्य एक पटक घटाएको थियो ।

आइफोनको मूल्य कुन–कुन देशमा घट्छ भन्नेबारे भने कम्पनीले केही पनि बताएको छैन । यद्यपि, चीनमा भने त्यहाँका रिसेलरहरुले यो महीनाको शुरु देखि नै आइफोनको मूल्य घटाउन थालिसकेको छ । एजेन्सी

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489