सनराइज बैंकले ६ महिनामा खुद नाफा ७२ करोड ६१ लाख रुपैयाँ कमायो

बुद्धबार, माघ १६, २०७५ साल,
काठमाडौं । सनराइज बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा ७२ करोड ६१ लाख ५५ हजार रुपैयाँ कमाएको छ । यो बैंकले गरेको नाफा यस्ताृ नाफा गत वर्षको तुलनामा १३ करोड ८५ लाख ९७ हजार रुपैयाँले बढि हो ।

यो नाफा गत वर्षको सोही अवधिको तुलनामा चालू आवको पहिलो ६ महिनामा २३.५८ प्रतिशतले बढी हो । बैंकले उक्त अवधिमा व्याज आम्दानीबाट ४ अर्ब ४९ करोड कमाएको छ । यसले व्याज भुक्तानीमा गरेको खर्च भने २ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । यसको खुँद व्याज आम्दानी १ अर्ब ७२ करोड रुपैयाँ रहेको छ ।

८ अर्ब १५ करोड रुपैयाँ चुक्तापुँजी रहेको यो बैंकले गत पुस मसान्तसम्मा गरेको निक्षेप संकलन ७६ अर्ब ६ करोड रुपैयाँ छ भने यसको ऋण लगानी ६७ अर्ब ७५ करोड छ । गत वर्ष यो बैंकले ६३ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५६ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गरेको थियो ।

यो बैंकको सापटी रकम ६२ करोड रुपैयाँ छ । यो बैंकको पुँजी कोष १३.०४ प्रतिशत, बार्षिक व्याजदर ४.३१ प्रतिशत, प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४५ पैसा छ । बैंकको खराव कर्जा अनुपात १.२६ प्रतिशत छ भने सीसी रेसियो ७६.०२ प्रतिशत रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411