सोमबार पनि नेप्से १८.४९ अंकले बढ्यो

सोमबार, जेष्ठ १८, २०७२ साल,
काठमाडौं । आज नेप्से परिसूचक १८ दशमलव ४९ अंक अर्थात २।१२ प्रतिशतले बढेको छ। बजार खुलेदेखि नै उकालो लाग्न थालेको नेप्से परिसूचक ४५ मिनेटको कारोबारमा सोमबारकै उच्च बिन्दु अर्थात ८ सय ९८ अंकमा पुगेपछि सामान्य करेक्सेन देखिन थाल्यो। अघिल्लो दिनको तुलनामा ४५ मिनेटकै कारोबारमा २६ अंक बढेको परिसूचक त्यपछि भने ओरालो लागेको थियो। ओरालो लाग्ने क्रममा ८ सय ८१ अंकसम्म ओर्लिएको नेप्से त्यसपछि भने पुनः उकालो लागेर अम्तिम सम्ममा ८ सय ९० दशमलव ४३ अंकमा पुगेर बजार बन्द भएको छ। 

भूकम्पपछि लागातार ३ व्यापार दिनमा झण्डै १०० अंकले घटेर ८ सय ३७ अंकसम्म पुगेको नेप्से परिसूचक त्यसपछि भने लगातार ३ व्यापार दिनमा ५० अंकभन्दा बढीले वृद्धि भइसकेको छ। सोमवार जलविद्युत् समूहको परिसूचक सबैभन्दा बढी ४ दशमलव शून्य ९ प्रतिशतले बढेको छ । व्यापारमा आएका रिडी हाईड्रोपावरको शेयरमूल्य रू। २८ ले घटेपनि बाँकी कम्पनीको शेयरमूल्य बढेपछि उक्त समूहको परिसूचक नै उच्च दरले बढेको हो। त्यसैगरी, ‘अन्य’ समूहको परिसूचक २ दशमलव ७८, बीमा १ दशमलव २५ र विकास बैङ्क शून्य दशमलव १५ प्रतिशतले बढेको छ । सोमबार वित्त कम्पनी समूहको परिसूचक भने शून्य दशमलव १४ प्रतिशतले घटेको छ।

सोमबार निर्जीवन बीमा कम्पनी र होटेल दुबै समूहको कारोबार निकै न्यून रह्यो। निर्जीव बीमा कम्पनीहरुमा भूकम्पको कारण दाबी बढ्ने र अधिकांश होटेल रातो स्टिकर लगाएकाले यी कम्पनीका लगानीकर्ता ‘पर्ख र हेर’ अवस्थामा रहेपछि कारोबार कम भएको हो ।

सोमवार नेप्सेका व्यापार भएका ९२ कम्पनीको १ हजार ९ सय ८६ कारोबारमार्फत करिब २७ करोड ३० लाख रुपैयाँ बराबरको ६ लाख ९१ हजार कित्ता शेयर खरिदविक्री भयो। सो दिन चिलिमे हाईड्रोपावरको सर्वा्धिक रू। २ करोड ७९ लाख बराबरको शेयर खरिदविक्री भयो । त्यसैगरी, बिजनेश युनिभर्सल डेभलपमेण्ट बैङ्कको शेयरमूल्य सर्वाधिक ९ दशमलव ८८ प्रतिशतले बढ्यो भने लुम्बिनी फाइनान्सको शेयरमूल्य सबैभन्दा बढी ९ दशमलव ६६ प्रतिशतले घट्यो।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411