यी हुन् सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएका स्मार्टफोन

शुक्रबार, माघ ११, २०७५ साल,
नयाँ फोन खरीद गर्ने बेलामा अहिलेको पुस्ताका धेरै मानिसको ध्यान यो फोनले कस्तो सेल्फी खिच्दछ भन्नेमै हुन्छ ।

धेरैले आफ्नो लागि नयाँ फोन किन्दा यसको सेल्फी क्यामरा अर्थात् फ्रन्ट क्यामराको क्षमतालाई मापदण्ड बनाउने गरेको पाइन्छ । स्मार्टफोन प्रयोगकर्ताको यहीँ आनीबानीलाई ध्यान दिँदै विश्वका स्मार्टफोन निर्माता कम्पनीहरुले एक पछि अर्को गर्दै गज्जबको सेल्फी फिचर तथा शक्तिशाली फ्रन्ट क्यामरामा जोड दिने गरेका छन् ।

आखिर बजारमा रहेका स्मार्टफोन मध्ये कुन स्मार्टफोनको सेल्फी क्यामरा सबैभन्दा उत्कृष्ट छ त ? हालै एक रिपोर्टले स्मार्टफोनको सेल्फी क्यामराको उत्कृष्टताको सूची सार्वजनिक गरेको छ ।

स्मार्टफोन क्यामराको परीक्षण तथा सूचिकरण गर्ने डिएक्स ओ मार्क इमेज ल्याब्सले सबैभन्दा उत्कृष्ट फ्रन्ट क्यामरा भएका स्मार्टफोनको सूचि सार्वजनिक गरेको छ ।

जस अनुसार गुगल पिक्सेल थ्री र सामसुङ ग्यालेक्सी नोट नाइन सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोनको सूचिमा संयुक्त रुपमा पहिलो नम्बरमा परेका छन् । यी दुबै स्मार्टफोनले ९२ अंक पाएका छन् ।

सूचीमा शाओमीको एम आइ मिक्स थ्री तेश्रो नम्बरमा रहेको छ । जसले ८४ अंक पाएको छ । त्यस्तै चौथो नम्बरमा ८२ नम्बर सहित एप्पलको आइफोन एक्स म्याक्स रहेको छ ।

विश्वको नम्बर वान स्मार्टफोन कम्पनी सामसुङको ग्यालेक्सी एस नाइन प्लस सेल्फी क्यामराको उत्कृष्टताको सूचीमा पाँचौँ स्थानमा रहेको छ । यसले ८१ अंक पाएको छ ।

त्यस्तै गुगल पिक्सेल टू छैटौँ, हुवावे मेट ट्वान्टी प्रो सातौँ, ग्यालेक्सी एस एट आठौँ, हुवावे पी २० प्रो नवौँ र एप्पल आइफोन एक्स दशौँ नम्बरमा रहेका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411