लुम्बिनी विकास बैंकको प्रतिशेयर आम्दानी नै ७ रूपैयाँले बढ्यो

बुद्धबार, माघ ९, २०७५ साल,
काठमाडौं । लुम्बिनी विकास बैंकले बुधबार सार्वजनिक गरेको वित्तीय विवरणमा गत आवको दोस्रो त्रैमासको तुलनामा ६३.१५ प्रतिशतले सुधार भइ २३ करोड ४६ लाख रुपैयाँ मुनाफा आर्जन सफल भएको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा १४ करोड ३७ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकले निक्षेप संकलन र कर्जा विस्तारलाई क्रमश २२.१८ र २५.९० प्रतिशतले बढाएर २३ अर्ब ४४ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने २१ अर्ब ७२ करोड ३० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

यसबाट बैंकले गत आवको दोस्रो त्रैमासभन्दा १४ करोड ७९ लाख रुपैयाँ बढी अर्थात ४७ करोड २९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । प्रतिशतको आधारमा यो ४५.५३ प्रतिशतले धेरै हो ।

दुई अर्ब १७ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब रुपैयाँ ३५ करोड ६१ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५७ पैसा पुगेको छ । गत वर्ष यसै अवधिमा बैंकको इपिएस १४ रुपैयाँ ३२ पैसा रहेको थियो।एक वर्ष अवधिमा बैंकको इपिएस ७ रूपैयाँ २५ पैसा बढेको हो । बैंकको निष्कृय कर्जा अनुपात पनि २.५० बाट घटेर २.३१ प्रतिशतमा सीमित भएको छ ।

प्रतिशेयर प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ३४ पैसा रहेको बैंकको मूल्य आम्दानी अनुपात ७.९३ गुणा धेरै रहेको छ । बैंकको आधार ब्याजदर ११.१६ र कोषको लागत ८.८३ प्रतिशत रहेको छ । आधार ब्याजदर केही घटेपनि बैंकको लागत भने बढेको हो ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411