माथिल्लो तामाकोसीको सेयर मूल्यमा ३ रुपैयाँको कमी, कारोबार रकम घट्दा नेप्सेमा सामान्य सुधार

मंगलवार, माघ ८, २०७५ साल,

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा नेप्से परिसूचक सामान्य बढेको छ । मंगलबार नेप्से ०.७८ अंकले बढेर ११ सय ६८.८३ अंकमा कायम भएको हो ।

कारोबार सुरु भएदेखि नै घटेको बजारमा १२ बजेदेखि आधा घन्टा बढ्दा सामान्य वृद्धि हासिल भयो । अधिकांश समय परिसूचक ओरालो दिशामा देखिँदा सोही वृद्धिले परिसूचकलाई थेगेको हो ।

बजारमा यसदिन १ सय ५६ कम्पनीका १० लाख २४ हजार कित्ता सेयर २९ करोड २२ लाख रुपैयाँमा किनबेच भए । कारोबार रकम अघिल्लो दिनभन्दा ८ करोड रुपैयाँ कम हो ।

नेप्से घट्दा सेन्सिटिभ इन्डेक्स ०.४३ अंकले घटेर २४८.०५ अंकमा कायम भयो । मंगलबार बजारमा कारोबारमा आएका १० मध्ये ७ समूहका उपसूचक बढे । बढ्नेमा जीवन बीमा समूह ६७.६८ अंकले बढ्यो । घट्नेमा उत्पादनमूलक समूह ९२.२९ अंकले ओरालो लाग्यो ।

यसैबीच, लगातार बढीरहेको माथिल्लो तामाकोसीको सेयर मूल्यमा तेस्रो दिन गिरावट आएको छ । अन्यदिन झैं मंगलबारको बजारमा पनि माथिल्लो तामाकोसीको सेयर कारोबारले अग्रता लियो । २९ करोडको कारोबार भएकोमा तामाकोसी एक्लैको साढे ५ करोड रुपैयाँको सेयर किनबेच भए ।

कम्पनीको सेयर मूल्य यसदिन ३ रुपैयाँले २ सय ६० रुपैयाँ प्रतिकित्ता कायम भएको छ । यसदिन सर्वाधिक कमाउनेमा समाता माइक्रोफाइनान्सका लगानीकर्ता रहे । कम्पनीको सेयरमूल्य ३.५१ प्रतिशतले बढ्दा कञ्चन विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी ९.८२ प्रतिशत गुमाए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411