कुमारी बैंकको ६ महिनामा खुद नाफा १५ करोडले बढायो, प्रतिशेयर आम्दानी १८ रुपैयाँ

मंगलवार, माघ ८, २०७५ साल,
काठमाडौं । कुमारी बैंकले मंगलबार प्रकाशित गरेको यस आ.ब.को दोश्रो त्रेमासिक रिर्पोट अनुसार खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा १५ करोड ४२ लाख रुपैयाँले सुधार आएको छ ।

गत आवको यसै अवधिको तुलनामा २९.५४ प्रतिशतले खुद नाफामा बढोत्तरी गर्दै बैंकले ६७ करोड ६२ लाख ४४ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यसै अवधिमा बैंकले ५२ करोड २० लाख ४२ हजार खुद नाफा कमाएको थियो ।

बैंकले खुद नाफामा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टमा ७ करोड २४ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको खुद नाफा भन्दा लाभांश क्षमता घटेको हो ।

प्रतिवेदन अनुसार बैंकले ६० करोड ३८ लाख १३ हजार रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको उल्लेख छ । गत वर्ष यस्तो रकम ११ करोड २० लाख रुपैयाँ मात्र रहेको थियो । गत आवमा बैंकको फ्रि प्रोफिट ४८ करोड २ लाख ६ हजार रहेको थियो ।

सात अर्ब १६ करोड ३३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी बढेर १८ रुपैयाँ ६२ पैसा पुगेको छ। गत आर्थिक वर्षको यसै अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ ९ पैसा रहेको थियो ।

बैंकको जगेडा कोष २ अर्ब ६३ करोड २७ लाखबाट एक अर्ब ६५ करोड ८१ लाख रुपैयाँले बढेर ४ अर्ब २९ करोड ०९ लाख रुपैयाँ सञ्चित हुन पुगेको छ ।

बैंकको निक्षेप संकलन रकम ३०.४२ प्रतिशतले बढ्दा कर्जा लगानी ३९.४३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा रहेको ५७ अर्ब ८४ करोड ९३ लाख निक्षेपलाई बैंकले ७५ अर्ब ४४ करोड ८५ लाख पुर्याएको छ भने कर्जा परिचालनतर्फ ५० अर्ब ७५ करोड ९२ लाखबाट ७० अर्ब ७७ करोड २२ लाखमा बढोत्तरी गरेको भएको छ ।

कुमारी बैंकले गत आवको दोस्रो त्रैमासको तुलनामा यस त्रैमासमा ६६.९६ प्रतिशतले खुद ब्याज आम्दानी बढाएको छ । चालू आवको दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी रकम एक अर्ब ५१ करोड ७१ लाख रहेको छ । गत आवको यसै अवधिमा ९० करोड ८६ लाख रहेको थियो ।

चालू आवको  ६ महिना अवधिमा ४ अर्ब ४२ करोड ८० लाख ब्याज आम्दानी गरेर २ अर्ब ९१ करोड ९ लाख रुपैयाँ ब्याज खर्च गरेको हो । गत आर्थिक वर्षको ६ महिना अवधिमा बैंकमा १.६१ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा चालू आवको यसै अवधिमा घटेर १.२२ प्रतिशतमा झरेको हो ।

दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार कुमारी बैंकको पूँजी कोष अनुपात साघुँरिएको छ । गत आवको यसै अवधिमा १४.४८ प्रतिशत रहेको बैंकको पूँजी कोष अनुपात १२.८१ प्रतिशतमा झरेको छ । यद्यपी बैंकको बोनस पूँजीकरण पश्चात भने सुधार आउने अवस्था छ।

अर्कोतर्फ बैंकको कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमा ८० प्रतिशत नजिक रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७८.०७ प्रतिशत रहेकोले थप कर्जा प्रवाहमा गर्न निकै थारै मात्र ठाउँ रहेको छ । गत वर्षको यसै अवधिमा बैंकको यस्तो अनुपात ७६.८२ प्रतिशत रहेको थियो ।

त्यस्तै समीक्षा अवधिमा बैंकको आधार ब्याजदर ११.१७ प्रतिशतबाट ११.५५मा बढेको छ भने कोषको लागत ७.८३ बाट ८.१२ प्रतिशतमा बढोत्तरी भएको छ । बैंकको मूल्य आम्दानी अनुपात १३.६२ प्रतिशत रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411