एभरेष्ट बैंक र भारतको पंजाव नेशनल बैंकबीच एमओयूमा हस्ताक्षर

आईतवार, माघ ६, २०७५ साल,
काठमाडौं । वित्तीय तथा बैंकिङ सेवा प्रदान गर्ने एभरेष्ट बैंकले भारतीय गोरखा सैनिकमा आवद्ध स्थायी नेपालीलाई सुविधा प्रदान गर्ने उद्देश्यले भारतको पंजाव नेशनल बैंकबीच एमओयूमा हस्ताक्षर भएको छ ।

पंजाव नेशनल बैंकको मुख्य कार्यालय नयाँ दिल्लीमा एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी निर्देशक सोमेश्वर सेठ, समिर बाजपाई महा प्रबन्धक पंजाव नेशनल बैंक सरकारी बिजनेस डेभिजनले एमओयूमा हस्ताक्षर गरे ।

नेपाल र भारतमा बैंकिङ सेवाका लागि भारतीय गोरखा सैनिकहरुले एभरेष्ट बैंक र पंजाव नेशनल बैंकको जुनसुकै शाखाबाट जुडुवा खाता खोल्न सक्नेछन् ।

रक्षक प्लस खाताबाट निःशुल्क रेमिट्यान्स सुविधा, एभरेष्ट बैंक र पंजाव नेशनल बैंकको सहब्राण्डेड डेबिट खाता जस्ता सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

भारतीय गोरखा सैनिकका स्थायी नेपालीलाई रक्षक प्लस खाताबाट कर्जाको सुविधा समेत रहेको छ । कार्यक्रममा दुवै बैंकका वरिष्ठ पदाधिकारीको पनि उपस्थिति थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411