एमाओवादीलाई आठ प्रदेशको नक्सा ल्याउन रामचन्द्रको चुनौती

सोमबार, पौष ७, २०७१ साल,
​काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सहमतिको विकल्प प्रस्ताव गर्न एमाओवादीलाई चुनौती दिएका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघले सोमबार राजधानीमा गरेको अन्तरक्रियामा पौडेलले भने कांग्रेस, एमाले र राप्रपाले सात प्रदेशको साझा प्रस्ताव ल्याएका छन् । त्यसमा सहमत छैन भने आठ प्रदेशको नक्सा दिनुस् । तर, उहाँ दिनुहुन्न ।’

सहमति हुनुपर्छ भने पनि माओवादीले सहमतिको विकल्प नल्याएको उनले बताए । आफूहरु अहिले पनि सहमतिको पक्षमा रहेको भन्दै उनले भने ‘एमाओवादीका साथीहरु बैठक छाडेर होइन, छलफल गरेर अघि बढौं, हामी छलफल गर्न तयार छौं ।’

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411