माथिल्लो तामाकोशीको सञ्चयकर्ता शेयरधनीलाई डिम्याट खुल्यो

बुद्धबार, माघ २, २०७५ साल,
काठमाडौं। माथिल्लो तामाकोशीले सञ्चयकर्ता शेयरधनीहरुलाई साधारण शेयरको अभौतिकरण (डिम्याट) गर्न निर्देशन दिएको छ।

कम्पनीले तीन वर्ष अगाडि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुको लागि २ करोड ५४ लाख १६ हजार कित्ता प्राथमिक शेयर निष्काशन गरेको थियो।

तीन वर्ष अगाडि प्राथमिक शेयर निष्काशन गर्दा डिम्याट गर्ने प्रणाली थिएन। साथै कम्पनीले तीन वर्षसम्म लकिङ पिरियड तोकेको थियो। लकिङ पिरियड सकिएको हुँदा सञ्चयकर्ताले दोस्रो बजारमा कारोबार गर्न पाउने भएका हुन्।

दोस्रो बजारमा कारोबार गर्नका लागि सबै भन्दा पहिला शेयर प्रमाणपत्रलाई अभौतिकरण गर्नुपर्ने भएकोले आफ्नो शेयर प्रमाणपत्रलाई डिम्याट गर्न कम्पनीले सूचना जारी गरेको हो।

कम्पनीले शेयर रजिष्ट्रारको रुपमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ। शेयर प्रमाणपत्र नलिएका सञ्चयकर्ताले सनराइज क्यापिटल कमलपोखरीमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ। कम्पनीले नेपाल स्टक एक्चेन्जमा १० करोड ५९ लाख कित्ता प्राथमिक शेयर सूचीकृत गरी कारोबार सुरु गरिसकेको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411