शिक्षकले राजनीति गर्न नपाउने, निजी विद्यालय १० वर्षभित्र गैरनाफामुलक हुने

मंगलवार, माघ १, २०७५ साल,
काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा शिक्षा आयोगका अध्यक्ष एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्री ओलीलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

प्रतिवेदनमा आगामी १० वर्षभित्र नेपालमा नाफामुलक निजी विद्यालय नरहने उल्लेख गरिएको छ ।

सोअनुसार नाफामुलक निजी विद्यालय १० वर्षभित्र गैरनाफामुलक कम्पनीमा रुपान्तरण गर्नुपर्ने वा गुठीमा परिणत हुनुपर्नेछ ।

यसअघि आयोगले यो समयावधि ७ वर्ष तोकेको थियो । निजी विद्यालय र सरोकारवाला अन्य निकायको चर्को विरोधपछि प्रतिवेदन संशोधन गर्दै १० वर्ष बनाइएको हो ।

त्यस्तै प्रतिवेदनले शिक्षकहरुले राजनीति गर्न नपाउने व्यवस्था गरेको छ । शिक्षकले राजनीति गरेको पाइए जागिरबाट बर्खास्त गर्नुपर्ने लगायतका विषय सिफारिस गरिएको छ ।

शिक्षा आयोगले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन अब मन्त्रिपरिषदमा पेश हुनेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489