नेप्से परिसूचक १७ अंकले बढ्दा करिब ४० करोडको कारोबार

मंगलवार, माघ १, २०७५ साल,
काठमाडौं । सेयर बजारमा नेप्से परिसूचक १७ अंकले बढेको छ । लामो समय घटेर पछिल्लो समय अस्थिर रहेको बजारमा मंगलबार नागरिक लगानी कोषको सेयरमा आकर्षण देखिँदा बजार बढेको हो । पुस मसान्तले आक्रान्त बनेका लगानीकर्ता नयाँ त्रैमास सुरु भएसँगै हौसिएका हुन् । यतिबेला बजारमा नीतिगत सुधारका थप्रै प्रयास भएका छन् ।

सोमबार बढेको नेप्सेले यसदिन पनि बढ्ने लय कायम राख्ने क्रममा परिसूचक १७ दशमलव ५१ विन्दुले बढेर १ हजार १ सय ९५.५४ अंकमा पुगेको छ भने विन्दुमा पुगेको छ ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.६ अंकले बढेर २ सय ५३.५५ अंकमा कायम भएको छ ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से_का अनुसार मंगलबार बजारमा ३९ करोड ७३ लाख ५५ हजार रुपैयाँको किनबेच भएको छ । यसक्रममा १५८ कम्पनीको ८ लाख ३५ हजार २ सय ३९ कित्ता सेयर कारोबारमा आए । जसमध्ये नागरिक लगानी कोष एक्लैको ८ करोड रुपैयाँ बराबरका सेयर किनबेच भए ।

यसदिन कारोबारमा आएका एघारवटै समूहको उपसूचक बढेको छ । तीमध्ये निर्जीवन बीमा समूह २ सय ३२.९२ अंक र जीवन बीमा समूह १ सय ९७.९ अंकले बढे ।

मंगलबार बैंकिङ समूह ५.०४, ट्रडिङ समूह २.८७, होटल समूह ६.५, विकास बैंक समूह १६.७५, जलविद्युत् समूह ५२.७७, वित्त समूह ०.८९, उत्पादनमूलक समूह २.६५, अन्य समूह ११.५५ र लघुवित्त समूह ५३.५४ अंकले बढे ।

बढेको बजारमा नागरिक लगानी कोषका लगानीकर्ताले सर्वाधिक कमाए । कोषको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्दा गरिमा विकास लघुवित्त, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी, अरुण कोवेली पावरका लगानीकर्ताले पनि ९ प्रतिशतभन्दा बढी कमाए ।

बढेको दिन बजारमा सिद्धार्थ इक्विटी फन्डका लगानीकर्ताले सबैभन्दा बढी २.७ प्रतिशत र गण्डकी विकास बैंकका लगानीकर्ताले २.५ प्रतिशत गुमाए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411