नेपाल टेलिकमको ५५ प्रतिशत नगद लाभांश पारित

सोमबार, पौष ३०, २०७५ साल,
काठमाडौ । नेपाल दूरसञ्चार कम्पनीको एघारौं वार्षिक साधारणसभाले मुनाफा रकम मध्येबाट प्रति शेयर रु ५५ का दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

एघारौँ साधारण सभाले पारित गरेबमोजिमको लाभांश रकम २०७५ माघ १ गते देखि एनएमबी बैंकमार्फत शेयरधनीहरुलाई वितरण गर्ने ब्यवस्था गरिएको छ ।

साथै नेपाल टेलिकमले निकट भविष्यमा नै देशैभरी चौथौ पुस्ताको मोबाइल सेवा विस्तार गर्न आपूर्ति गर्ने क्रममा रहेको उपकरणलाई छन् मा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ ।

ग्राहकहरूको घरसम्म अप्टिकल फाइबर मार्फत द्रूत गतिको ब्रोडब्याण्ड इन्टरनेट तथा भ्वाइस सेवा सञ्चालन गर्न सकिने र नेपालमा उपलब्ध इन्टरनेट सेवामध्ये सबैभन्दा उच्च गतिको इन्टरनेट सेवाको विस्तार लाई समीक्षा वर्षमा पनि निरन्तरता दिइने बताइएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411