नेप्सेमा ५ अंकको गिरावट, ३७ करोड रुपैयाँको कारोबार

आईतवार, पौष २९, २०७५ साल,

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५ दशमलव ७८ अंकले घटेर १ हजार १ सय ७५ दशमलव ०५ को बिन्दुमा कारोबार बन्द भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव २३ अंकले घटेर २ सय ४९ दशमलव ४२ को बिन्दुमा पुगेर बन्द भएको छ ।

यस दिन कुल १ सय ५८ कम्पनीको ११ लाख ६३ हजार ७८१ कित्ता शेयर खरिदबिक्री हुँदा ३७ करोड २९ लाख १५ हजार ७०६ रुपैयाँको कारोबार भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार नेपाल बैंक लिमिटेडकोे भएको छ । जसको आज ११ करोड ५९ लाख १० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै यस दिन सर्वाधिक कमाउनेमा वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ९५ प्रतिशतले वृद्धि गरेको छ । यस कम्पनीको शत प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव भएकोले मूल्यमा वृद्धि भएको हो ।

साथै सर्वाधिक गुमाउनेमा भार्गव विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ५ दशमलव ७१ प्रतिशतले घटेको छ ।

यस दिन १० वटा समूहहरुमा २ वटा समूहहरु बढेका छन् भने बाँकी ८ वटा समूहरु घटेका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411