माथिल्लो तामाकोशीको शेयर अधिकतम् २२४ रुपैयाँसम्ममा कारोबार हुने

शुक्रबार, पौष २७, २०७५ साल,

काठमाडौं। माथिल्लो तामाकोशीको प्राथमिक शेयर ७४ रुपैयाँदेखि २२४ रुपैयाँको रेन्जमा कारोबार हुने भएको छ। बिहीबार सूचिकृत भएको तामाकोशीको शेयर पहिलो पटक कारोबार गर्दा ७४ रुपैयाँदेखि २२४ रुपैयाँको विचमा कारोबार सुरु हुने छ।

कम्पनीले बिहीबार नेपाल स्टक एक्सचेन्जमा १० करोड ५९ लाख कित्ता शेयर सूचिकृत गरेको छ। यो शेयर दोस्रो बजारमा आइतबारदेखि कारोबार गर्न पाइनेछ।

कम्पनीको तीन चरणमा सार्वजनिक शेयर जारी गरेको थियो। पछिल्लो समय सर्वसाधारणको लागि प्राथमिक शेयर जारी गरेसँगै कम्पनीको शेयर कारोबार हुने भएको हो। दोस्रो बजारमा सूचिकृत भएसँगै माथिल्लो तामाकोशी सबैभन्दा धेरै शेयर धनी भएको कम्पनी हुने छ। कम्पनीमा ८ लाख भन्दा धेरै शेयरधनी हुने छन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411