अमेरिकामा सबभन्दा बढी शिक्षित हिन्दू रहेको सर्वेक्षणको निष्कर्ष

बिहीवार, पौष २६, २०७५ साल,
काठमाडौं । अमेरिकामा चार वर्षको कलेज डिग्री आर्थिक प्रगतिका लागि महत्त्वपूर्ण मानिन्छ । तर धर्मका हिसाबले हेर्दा कलेजको पढाइ पूरा गर्ने विषयमा फरक फरक धर्मको अनुपात फरक फरक छ ।

कलेजको पढाइ पूरा गर्ने मामिलामा केही धर्म अन्यभन्दा अगाडि छन् ।

दिग्गज अनुसन्धान कम्पनी प्यु रिसर्चका अनुसार, कलेज डिग्री लिने विषयमा हिन्दू ७७ प्रतिशतका साथ सबभन्दा अघि छन् । त्यसपछि युनिटेरियन युनिभर्सलिस्ट नामक उदारवादी समूह ६७ प्रतिशतका साथ दोस्रो स्थानमा छन् ।
उनीहरू सत्य र अर्थका लागि मुक्त र जिम्मेवार खोजमा विश्वास गर्छन् ।

उनीहरूपछि यहुदी (५९ प्रतिशत), एंग्लिकन चर्च (५९ प्रतिशत) र एपिस्कोपल चर्च (५६ प्रतिशत) छन् ।

यो परिणाम सन् २०१४ को रिलिजियस ल्यान्डस्केप स्टडीको हो जसमा शैक्षिक योग्यताको आधारमा अमेरिकाका ३० धार्मिक समुदायलाई मूल्यांकन गरिएको छ । यसमा अमेरिकाका ३५ हजार कलेज ग्य्राजुएटलाई संलग्न गरिएको थियो ।

शिक्षा र आर्थिक प्रगतिको विषयमा अमेरिकामा हिन्दू र यहुदी अघि छन् । त्यसैकारण अमेरिकामा पारिवारिक कमाइमा पनि यिनै समुदाय अघि छन् ।

सन् २०१४ को अध्ययनअनुसार, ४४ प्रतिशत यहुदी र ३६ प्रतिशत हिन्दू परिवारको पारिवारिक कमाइ कम्तीमा १ लाख डलरभन्दा बढी छ । बीबीसीबाट

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489