थाङ फाउण्डेसनद्धारा विद्यालयलाई बुक ब्याग हस्तान्तरण

बुद्धबार, पौष २५, २०७५ साल,

काठमाडौं । लमजुङको मध्यनेपाल नगरपालिका करापूटारको श्री जनमन्दिर माध्यमिक विद्यालयलाई थाङ फाउण्डेसन नेदरल्याण्डद्धारा विशेष कार्यक्रम गरी बुक ब्याग हस्तान्तरण गरेको छ ।

थाङ फाउण्डेसनको तर्फबाट नेपाल प्रतिनिधि मोहन विक्रम श्रेष्ठ, सचिव एम्बर डेल्हे, तथा सदस्यहरु ग्लेन हेसल, सुवर्णराज घिमिरे तथा पुर्णमान श्रेष्ठले ५० वटा पुस्तकले भरिएका तीनवटा बुक ब्याग अध्यक्ष शंकर घिमिरे तथा प्रधानअध्यापक  चन्द्रराजलाई संयुक्त रुपमा हस्तान्तरण  गरेका थिए । विद्यालयलाई सहयोग गरेकोमा विद्यालयका अध्यक्षले थाङ फाउण्डेसनलाई विशेष धन्यबाद दिएका थिए ।

त्यस्तै सुवर्ण घिमिरे मोहन, विक्रम श्रेष्ठ तथा पुर्णमान श्रेष्ठले कक्षाकोठामा गएर थाङ फाउण्डेसनका मुलभुत सिद्धान्त ‘लर्निङ फर फन’अनुसार कथावाचन कलाप्रदर्शन गरेका थिए । त्यसै समयमा कक्षा ५ का विद्यार्थीहरु एम्बर र ग्लेनको निर्देशनमा स्मरण खेल खेली रह्ेका थिए ।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489