थाङ फाउण्डेसनद्धारा विद्यालयलाई बुक ब्याग हस्तान्तरण

मंगलवार, पौष २४, २०७५ साल,

काठमाडौं । लमजङ जिल्ला मध्यनेपाल ७ करापूटारमा रहेको कुसुमाकर माध्यमिक विद्यालयमा संचालिती कुसुम सामुदायिक पुस्तकालयमा थाङ फाउण्डेसन नेदरल्याण्ड द्धारा विविध कार्यक्रमहरु सम्पन्न गरिएका छन् ।

थाङको तर्फबाट नेपाल प्रतिनिधि मोहन वित्रम श्रेष्ठ, थाङका सचिव एम्बर डेल्हे, तथा सदस्यहरु ग्लेन हेसल, सुवर्ण राज घिमिरे तथा पुर्णमान श्रेष्ठ सबै जना दुई दिन विद्यालयमा बताइएको छ । कार्यक्रमको पहिलो दिन थाङद्धारा प्रकाशित तथा चिराग वाङदेलद्धारा लिखित र एम्बर डेल्हेद्धारा चित्राङ्कन गरिएको हाईकु कविता सङ्ग्रह काभचित्रको विमोचन तथा बुक ब्याग हस्तान्तरण कार्यत्रम मध्यनेपाल न. पा. वडा नं ७ का अध्यक्ष तथा कुसुमाकर मा. वि. का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष्य श्री गगन घिमिरेको अध्यक्षतामा सञ्चालन भएको थियो ।

कार्यक्रममा पाँच वटा मैनबत्ती बालेर संयुक्त रुपमा उद्घाटन भएको कार्यक्रममा काभचित्र पुस्तकको बिमोचन पनि संयुक्त रुपमा अध्यक्ष गगन घिमिर,े प्र. अ ध्रुवराज घिमिर, थाङका सदस्यहरु मोहन विक्रम श्रेष्ठ, एक्बर डेल्हे तथा ग्लेन हेसलद्धारा गरिएको थियो ।

उक्त पुस्तकको बारेमा छोटो जानकारी दिंदै थाङप्रतिनिधिहरुले विद्यालयलाई बुक ब्यग हस्तान्तरण तथा लाईब्रेरी कार्पेटिङको सहयोग रकमसमेत हस्तान्तरण गरिएको थियोे । थाङ फाउण्डेसनले विद्यालयलाई ५० वटा पुस्तक भएका तीनवटा बुक ब्याग अध्यक्ष तथा प्र.अ. लाई हस्तान्तरण गरेको थियो ।

सुवर्ण घिमिरे, मोहन विक्रम श्रेष्ठ तथा पुर्णमान श्रेष्ठले कक्षाकोठामा गएर थाङ फाउण्डेसनको मुलभुत सिद्धान्त ‘लर्निङ फर फन’ अनुसार कथा वाचन कला प्रदर्शन गरेका थिए । त्यसै समयमा कक्षा ३, ४ र ५ का केही विद्यार्थीहरु एम्बर र ग्लेनको निर्देशनमा पुस्तकालयको भित्तामा पेन्टीङ गरिरहेका थिए।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411