नेप्से ३० अंकले बढ्यो, २० करोडको कारोबार

आईतवार, जेष्ठ १७, २०७२ साल,
काठमाडौं । गएको साता ९६ अंकले घटेको नेप्से यो साताको पहिलो दिन आइतबार नै ३० अंकले बढेर सूचक ८७२ अंकमा पुगेको छ ।

आइतबार नेपाल स्टक एक्सचेञ्जमा ९२ कम्पनीका ४ लाख ५० हजार कित्ता सेयर २० करोड रुपैयाँमा किनबेच भए ।

आइतबारको कारोबारमा जलविद्युत, बीमा र वाणिज्य बैंक समूहको सूचक उच्च अंकले बढेका छन । गत साता यी समूहको सूचक उच्च अंकले घटेका थिए ।

आइतबार जलविद्युत समूहको सूचक १ सय १९ अंकले, बीमा समूहको सूचक साढे ६६ अंकले र वाणिज्य बैंक समूहको सूचक साढे ३९ अंकले बढेका छन् ।

त्यसैगरी, उत्पादनमूलकको सूचक साढे १८ अंकले र अन्य समूहको सूचक १२ अंकले बढेका छन् । यो दिन विकास बैंक समूहको सूचक २ अंकले र वित्त कम्पनी समूहको सूचक साढे दुई अंकले घटेका छन । आइतबार पनि होटल समूहको सेयर किनबेच भएन ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411