स्ववियु चुनाव फाल्गुनमै हुने, सम्पूर्ण क्याम्पसलाई पत्राचार

सोमबार, पौष २३, २०७५ साल,

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको चुनावको तयारी गर्न सम्पूर्ण आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसलाई परिपत्र गरेको छ। विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार सम्पूर्ण क्याम्पसलाई पत्राचार गरेर चुनावको तयारी गर्न अनुरोध गरेको हो।

दुई वर्षअघि भएको चुनावबाट विजयी पदाधिकारी तथा सदस्यको म्याद आउँदो फागन १८ गते सकिदैंछ। समयमै चुनाव गर्न तयारी गर्नुपर्ने भएकाले क्याम्पसलाई जानकारीसहित अनुरोध गरिएको त्रिविले जनाएको छ।त्रिवि अन्तर्गत ६० वटा आंगिक तथा एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस छन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489