उखुको मूल्य प्रतिक्वीन्टल ५३६ रुपैयाँ, उद्योगीले ४७१ र सरकारले ६५ रुपैयाँ दिने

बिहीवार, पौष १९, २०७५ साल,

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७५/७६ का लागि उखुको न्युनतम खरिद मूल्य ५३६ रुपैयाँ तोकेको छ ।

सोमबारको मन्त्रिपरिषद बैठकले उखुको न्यूनतम् खरिद मूल्य निर्धारण गरेको सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

जसमध्ये चिनी मिलहरुले ४७१ रुपैयाँ २८ पैसा र सरकारले अनुदानवापत ६५ रुपैयाँ २८ पैसा दिने बास्कोटाले बताए ।

उखु किसानलाई अनुदान दिनेसम्बन्धी कार्यविधि, २०७५ बमोजिम प्रतिक्वीन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान उपलब्ध गराउन अर्थ मन्त्रालयले कृषि तथा पशुपंछी विकास मन्त्रालयलाई रकम निकासा दिनेछ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411