‘१ वर्षभित्रै फोर-जीको काम सक्नू, ४ शहरमा फाइभ-जी सेवा थाल्नू’

बिहीवार, पौष १९, २०७५ साल,
काठमाडौं । नेपाल टेलिकमलाई फोरजी विस्तार गर्न बाटो खुलेको छ । सरकारले नेपाल टेलिकमको फोर-जी विस्तारमा परेको गाँठो फुकाएको छ । टेण्डर नै विवादमा परेपछि हाल फोर-जी विस्तारको योजना अलपत्र छ ।

सरकारले हालै एक पत्रमार्फत नेपाल टेलिकमलाई १२ महिना भित्रै काम सक्ने गरी फोर-जीको ठेक्का सम्झौता गर्न निर्देशन दिएको छ । टेण्डरमा छानिने कम्पनीसँग वार्ता गरी १५ देखि ३३ महिना लाग्ने भनिएको काम १२ महिना भित्रै सक्न सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले टेलिकमलाई निर्देशन दिएका हुन् ।

फोरजी सेवा विस्तारको टेण्डरमा भएको अनियमितताबारे छानविन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक निर्णय लिन सञ्चार मन्त्रालयलाई निर्देशन दिएको थियो । अख्तियारमा फाइल पुगेपछि सेवा विस्तारको काम एक वर्ष अल्मलियो ।

अब भने सञ्चार मन्त्री गोकुल बास्कोटाले १२ महिनाभित्र काम सक्ने गरी टेण्डरबाट छानिने कम्पनीसँग सम्झौता गर्न टेलिकमलाई निर्देशन दिएका छन् । ५ बुँदे पत्र लेख्दै मन्त्रालयले टेलिकमलाई १४ वटा निर्देशनहरु दिएको छ ।

अब टेलिकमले मूल्यांकन प्रक्रिया सकाएर सबैभन्दा कम रकम कबोल गर्ने कम्पनीसँग १२ महिनाभित्र काम सकाउनुपर्ने गरी सम्झौताको प्रयास गर्नुपर्नेछ । यदि ठेकेदार कम्पनीले १२ महिनाभित्र काम सक्न अस्वीकार गरेमा ३ महिनाभित्र टुंगिने गरी अर्को ग्लोबल टेण्डर गर्न मन्त्रालयले टेलिकमलाई भनेको छ ।

यस्तो टेण्डर गर्दा शर्तहरु स्पष्ट रुपमा उल्लेख गर्न र उत्पादक कम्पनीलाई मात्रै सहभागी गराउने व्यवस्था गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले फोरजी सेवा विस्तारको जिम्मा लिने कम्पनीले ४ शहरमा फाइभ-जी सेवा पनि सानो स्तरमा सुरु गर्नुपर्ने गरी वार्ता गर्न निर्देश गरेको छ । विराटनगर, काठमाडौं, पोखरा र नेपालगञ्जमा ५(जी सेवा दिने गरी हुने निःशुल्क गर्नुपर्ने कम्पनीसँग शर्त राख्न निर्देशनमा भनिएको छ ।

यस्तै फोर(जी सेवा विस्तार भएपछि सबै ठाउँमा भविष्यमा ५ जी सेवा सहजै अपग्रेड गर्न सकिने गरी काम हुनुपर्ने शर्त पनि राख्न मन्त्रालयले टेलिकमलाई निर्देशन दिएको छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411