घलेम्दी हाइड्रोको साढे १५ करोडको आईपिओ खुल्यो

बिहीवार, पौष १९, २०७५ साल,
काठमाडौं । घलेम्दीखोला जलविद्युत आयोजनाको आजदेखि एक सय रुपैयाँ अंकित दरमा १५ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको १५ लाख ३३ हजार ७७० कित्ता साधारण शेयर (आईपिओ) सर्वसाधारणमा बिक्रीमा आएको छ।

कम्पनीले आयोजना प्रभावितका लागि निष्काशन गरेको अवितरित शेयर सहित कूल १५ करोड ५५ लाख ७७ हजार रुपैयाँ बराबरको १५ लाख ५५ हजार ७७० कित्ता शेयर निष्काशन गरेको हो ।

जसमध्ये सामूहिक लगानी कोषका इकाईलाई ५५ हजार कित्ता तथा कर्मचारीलाई २२ हजार कित्ता छुट्टाइएको थियो । सामूहिक लगानी कोषको तर्फबाट कुनै आवेदन नहुँदा सो शेयर सहित गरि १५ लाख ३३ हजार ७७० कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा भिवोर क्यापिटल लिमिटेड रहेको छ । आईपिओमा धितोपत्र बोर्डबाट सि आश्वा सदस्यको अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आवेदन गर्न सकिनेछ । यसका अलवा मेरो शेयर प्रयोगकर्ताले सो सफ्टवेयरबाट अनलाईन आवेदन गर्न सक्नेछन् ।

कम्पनीको आईपिओमा न्यूनतम ५० कित्तादेखि १० हजार कित्ता आवेदन गर्न पाउने व्यवस्था रहेको छ । कम्पनीको आईपिओ निष्काशन छिटोमा पुस २३ गते र ढिलोमा माघ १८ गते बन्द हुने बिक्री प्रबन्धक भिबोर क्यापिटलले जनाएको छ ।

मंसिर १६ गते आइतबार कम्पनीले आयोजना प्रभावितका लागि ५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्दा ४ लाख ५५ हजार ७७० कित्ता अपवतरित भएको थियो । सो शेयर सहित सर्वसाधारण तर्फको ११ लाख गरि कूल १५ लाख ५५ हजार ७७० कित्ता अहिले निष्काशन गरिएको हो ।

कम्पनीले निष्काशन गर्न लागेको आईपिओले रेटिङ्ग कम्पनी इक्रा नेपालले इक्रा एनएपि आईपिओ ग्रेड ५ प्रमाणपत्र प्राप्त गरेको छ । जसले कम्पनीको आधारभुत अवस्था अत्यन्त कमजोर रहेको जनाउँछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411