‘इन्टरनेटका पिता’को निधन

मंगलवार, पौष १७, २०७५ साल,

इन्टरनेटका प्रतिपादक मानिने अमेरिकी वैज्ञानिक ल्यारी रोबर्टस्को ८१ वर्षको उमेरमा निधन भएको छ । इन्टरनेटको पहिलो प्रारुपको डिजाइन तथा निर्माण गरेका रोबर्टस्को गत २६ डिसेम्बरमा हृदयाघातका कारण निधन भएको हो ।

सन् १९६० को दशकमा उनले अमेरिकाको एडभान्स्ड रिसर्च प्रोजेक्ट एजेन्सीको एउटा विभागको नेतृत्व गरी आर्पानेट नामक कम्प्युटर नेटवर्कको निर्माण गरेका थिए ।

आर्पानेटमा विकशित प्रविधिहरु विद्यमान इन्टरनेट प्रविधिमा प्रयोग हुँदै आएका छन् ।

रोबोर्टलाई इन्टरनेटका चारजना जनक मध्येका एक मानिन्छ । अन्य तिनजनामा बब काह्न, भिन्ट सर्फ र लेन क्लेइनरक रहेका छन् ।

रोबार्टले सबैभन्दा पहिलोपटक कम्प्युटर नेटवर्कको विकास गरी डाटा ट्रान्सफरको प्रविधि पनि विकास गरे ।

उनले विकास गरेको आर्पानेट नामक नेटवर्क प्रणालीमा पहिलोपटक सन् १९६९ मा चारवटा कम्प्युटर जोडिए । तत् पश्चात् यस्तो नेटवर्कमा धेरै विश्वविद्यालय र अन्य अनुसन्धान संस्थाहरु तिव्र रुपमा जोडिए ।

आर्पानेट सन् १९८३ सम्म कायम रह्यो र त्यसपछि वृहत इन्टरनेट सञ्जालको एक भागको रुपमा रह्यो ।

एजेन्सी

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411