नेप्सेसूचक दोहोरो अंकले घट्दा कारोबार समेत ४० करोड रुपैयाँ खुम्चियो

सोमबार, पौष १६, २०७५ साल,
काठमाडौं । सोमबार पनि बजार परिसूचक नेप्से १७.२६ अंकले घटेर ११८७.२८ बिन्दुमा झरेको छ । साथै कारोबार रकममा पनि आइतबारको तुलनामा थप पाँच करोड ३९ लाख रुपैयाँले कमी आएको छ । बजार खुलेको करिब १४ मिनेट मात्र सकारात्मक रहेको बजार त्यसपछि माथि चढ्न सकेन र निरन्तर घट्दै उच्च अंकले घट्न पुग्यो ।

सोमबार १६७ कम्पनीका ११ लाख ७९ हजार ४३ कित्ता शेयर ४० करोड ३ लाख रुपैयाँ बराबरमा किनबेच भएका छन् । आइतबार १०।६२ अंकले घटेको बजारमा ४५ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यस दिन ‘क’ वर्गका कम्पनीको सूचक मापन गर्ने सन्सेटिभ इन्डेक्स ३.८४ अंकले घटेर २५२.१७ बिन्दुमा झरेको छ ।

कारोबारमा आएका उप(सूचक मिश्रीत देखिएका छन् । तीनवटा सूचकमा हरियाली छाएको छ भने सात सूचक ऋणात्मक बनेको छ । १० उप सूचक मध्ये उत्पादन तथा प्रशोधन, हाइड्रोपावर र फाइनान्स समुह सकारात्मक देखिए । सबै भन्दा धेरै उत्पादन तथा प्रशोधन समुहको ७।१३ अंकले बढेको छ । यस्तै हाइड्रोपावरको ६.९५ र फाइनान्स १.३९ अंकले सुधारिएका छन् ।

यस दिन सबैभन्दा धेरै निर्जीवन बीमा समुहको १६०.२३ अंकले घटेको छ । जीबन बीमा समुहको उप सूचक पनि १५३ अंकले ओरालो लागेको छ । यस्तै माइक्रोफाइनान्स २३.५८, होटल १९.२७, बैंकिङ्ग १४.९४, विकास बैंक १३, अन्य समुहको १०.४८ अंकले ओरालो लागेका छन् ।

सोमबार नेशनल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै रकमको शेयर कारोबार भएको छ । इन्स्योरेन्सको २ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तै नेपाल बैंक लिमिटडको २ करोड ३८ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ३१ लाख, छिमेक लघुवित्तको १ करोड ९७ लाख र एनएमबी बैंकको १ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स, नागरिक लगानी कोष, प्राइम लाइफ इन्स्योरेन्सको एक करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । यस्तै एनसीसी बैंकको ९८ लाख र मेगा बैंकको ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

जेबिल्स फाइनान्स कम्पनीको शेयरमुल्य सबैभन्दा धेरै ४.९० प्रतिशतले बढेको छ । सांग्रीला विकास बैंकको ४.२० र कालिका पावरको ४ प्रतिशतले शेयरमूल्य बढेको छ । यस्तै अरुण काबेली, लक्ष्मी भ्यालु फण्डको इकाई ३ प्रतिशतले बढेको छ ।

यता महिला सहयात्रा माइक्रोफाइनान्सको शेयरधनीले सबैभन्दा धेरै ८.२४ प्रतिशतले गुमाएका छन् । पूर्णिमा विकास बैंकको ७.१८, हिमालयन बैंकको ६.८०, जनता बैंकको ५.९७ प्रतिशतले शेयरमूल्य घटेका छन् ।

यस्तै एनएमबि माइक्रोफाइनान्स, प्राईम लाइफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र राधि विद्युत कम्पनीको शेयरधनीहरुले ४ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।




 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411