सुबिसुले भयंकर छिटो इन्टरनेट, भयंकर सफा टिभि र भयंकर सस्तो सेवा दिने
सोमबार, पौष १६, २०७५ साल,

काठमाडौं । सुबिसुले इन्टरनेट सेवामा भयंकर नामक अफर ल्याएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले भयंकर छिटो इन्टरनेट, भयंकर सफा टिभि र भयंकर सस्तो सेवा दिने भएको हो ।
सुबिसु केबलनेटले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा रिटेल ग्राहकका अफर ल्याएको जनाएको छ । योजनाको क्लियर टिभि सेवाअन्तर्गत मात्र ९ सय ९९ रुपैयाँमा १ महिनाको प्रिमियम सेवा ९२ सय ६५ भन्दा बढी डिजिटल च्यानल तथा ७० भन्दा बढी एचडी च्यानल०का साथै, सेट–टप बक्स र जडान सेवा प्राप्त गर्न सकिनेछ । त्यस्तै सुबिसु इन्टरनेट फस्ट प्याक अन्तर्गत १५ एमबीपीएस अनलिमिटेड इन्टरनेट १ म्हिनाको लागि साथै मोडेम र जडान सेवा मात्र १५ सय रुपैयाँमा प्राप्त गर्न सकिनेछ ।
कम्बो प्याकअन्तर्गत इन्टरनेट र क्लियर टिभि सेवाअन्र्तगत मात्र २३ सय रुपैयाँमा १ महिनाका लागि २३ एमबीपीइस अनलिमिटेड इन्टरनेट र क्लियर टिभि प्रिमियम प्याकेज उपलब्ध हुनेछ ।
योजनाअनुसार हरेक हप्ता १० जनाले ३ महिनाको निःशुल्क सब्स्क्रिप्सन पाउने छन् भने १ जनाले स्मार्ट टिभि बम्पर उपहार प्राप्त गर्नेछन् ।