युनिभर्सल पावरको २१ लाख कित्ता आइपीओ आजबाट

आईतवार, पौष १५, २०७५ साल,
काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई प्राथमिकतामा राखेर २१ लाख ३५० कित्ताको आइपीओ आजबाट बिक्री खुला भएको छ ।

११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीले आयोजना प्रभावित क्षेत्र अन्तर्गत दोलखा जिल्लाको गौरीशंकर, कालिन्चोक र बिगु गाउँपालिकाकका स्थानीयका लागि यस्तो आइपीओ बिक्री खुला गरेको हो ।

२१ लाख कित्ता आइपीओ निष्कासनमा एउटैले व्यक्तिले न्युनतम ५० देखि अधिकतम ५ लाख कित्तासम्म शेयर आवेदन दिन पाउने छन्। प्रति शेयर एक सय रुपैयाँको यसको आइपीओमा यही यही पुस २९ गतेभित्र आवेदन दिइसक्नुपर्ने छ ।

१ करोड १३ लाख कित्ता संस्थापक, २१ लाख कित्ता आयोजना प्रभावित र बाँकी ७५ लाख कित्ता शेयर सर्वसाधारणबाट गरी यसको कुल २ अर्ब १० करोड रुपैयाँको चुक्ता पुँजी पुराउने भएको छ । यसले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई दिएको शेयर बिक्री नभएको अवस्थामा त्यसलाई समेत जोडेर सर्वसाधारणको लागि शेयर जारी भएको हो ।

इक्रा नेपालबाट इक्रा एनपी आइप्ओि ग्रेड ४ प्रमाणपत्र पाएको यो कम्पनीको प्रतिशेयर आम्दानी ०.८६ रुपैयाँ ऋणात्मक छ । यसले तीन वर्षमा १० रुैपैया ४६ पैसा शेयर आम्दानी पुर्याउने भएको छ ।

यसको हाल नाफा नै नभएकोले आगामी ३ वर्षमा २१ करोड ९८ लाख नाफा गर्ने प्रक्षेपण गरिएको छ । यसले सर्वसाधारणको लगानी ७ वर्षमै फिर्ता गर्ने जनाएको छ । यसको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411