सेयर कारोबार चार दिनमा सूचक १०० अंकले घट्यो

बुद्धबार, जेष्ठ १३, २०७२ साल,

काठमाडौं । विनासकारी भूकम्पका कारण एक महिना अवरुद्ध भएर यो सातादेखि सुरु भएको सेयर कारोबार चार दिनमा सय अंकले घटेको छ ।

आइतबार २८ अंकले घटेको नेप्से सूचक सोमबार २९ अंकले र मंगलबार २० अंकले घटेको थियो । बुधबार पनि सूचक २२ अंकले घटेको छ ।

भूकम्पका कारण अर्थतन्त्रमा ठूलो असर परेको र सूचिकृत कम्पनीहरुको नाफा घट्न सक्ने अनुमानमा नेप्से सूचक घटेको हो ।

बुधबार ६९ कम्पनीका २ लाख ७७ हजार कित्ता सेयर १५ करोड २१ लाख रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

बुधबारको कारोबारमा वाणिज्य बैंक समूहको साढे २८ अंकले, बीमा समूहको साढे ८६ अंकले, विकास बैंक समूहको साढे १० अंकले, अन्य समूहको १२ अंकले, जलविद्युत समूहको ६ अंकले र वित्त कम्पनी समूहको सूचक डेढ अंकले घटेको छ । बुधबार उत्पादनमूल र व्यापार समूहको भने कारोबार नै भएन ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411