चोरका लागि खुल्यो जागिर, तलब घन्टाको ६५ सय रुपैयाँ

मंगलवार, पौष ३, २०७५ साल,
एजेन्सी । बेलायतमा कपडाको शोरूम चलाउने एक महिलाले चोरहरूलाई जागिर दिने भएकी छन् । चोरी गर्ने व्यक्तिलाई घन्टाको ६५ सय रुपैयाँको हिसाबमा तलब दिइनेछ ।

कपडा पसल्नीले हालै बार्क डट्कममा यो जागिरको अफर पोस्ट गरेकी हुन् । चोरले हरेक घन्टा उनको पसलबाट चोरी गर्नुपर्ने हुन्छ । खासमा ती महिला पसलबाट असाध्यै धेरै चोरी भएपछि हैरान परेकी हुन् ।

उनी भन्छिन्, ‘यो अलि फरक किसिमको जागिर हो । बिदाको सीजन चल्दै गर्दा मेरो पसलमा असाध्यै चोरी हुन्छ । धेरै वर्षदेखि यसो भइरहेको छ । यो समस्यालाई मैले जसरी भएपनि समाधान गर्नुपर्छ । त्यसैले मैले चोरलाई जागिर दिएकी हुँ ।’

महिला खासमा पसलमा चोरी कसरी हुन्छ, त्यो जान्न चाहन्छिन् । त्यसैले उनी चोरलाई पसल चोर्न लगाउने अनि कसरी चोरिस् भनी सोध्ने योजना बनाइरहेकी छन् । यसैमार्फत उनी पसलको सुरक्षामा भएको कमजोरी हटाउन चाहन्छिन् ।

महिलाले आफ्नो नाम खुलाएकी छैनन् । पसलमा सीसीटीभी क्यामरा लगायत अनेकौं सुरक्षा व्यवस्था भएपनि चोरी भइरहँदा महिला हैरान छिन् ।

यो जागिरको बारेमा बेलायतमा खुबै चर्चा भइरहेको छ । बार्क डट्कमका संस्थापक केय फेलरले यो अलि अनौठो किसिमको जागिर भएपनि महिलाले चाहेको कर्मचारी छिट्टै भेटिने आशा गरेको बताएका छन् ।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411