यस वर्षकै सबैभन्दा चिसो आज, काठमाडौंको तापक्रम २ डिग्रीमा झर्‍यो

सोमबार, पौष २, २०७५ साल,
काठमाडौं । काठमाडौं उपत्यकामा जाडो ह्वात्तै बढेको छ । आज विहानको न्युनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झरेको छ । यो रेकर्ड यस वर्षको हालसम्मकै सबैभन्दा कम हो ।

मौसमविद राजु प्रधानांगका अनुसार बंगालको खाडीको दक्षिण-पश्चिम क्षेत्रमा ‘फेथाइ’ नामको समुद्री आँधी आएकाले त्यसको प्रभाव नेपालमा पनि परेको हो ।

‘फेथाइ’ उत्तरपश्चिम दिशातर्फ सरिरहेको छ । ‘यसैको आंशिक प्रभावका कारणले नेपालमा आज र भोलि देशको पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली हुने र केही भागहरुमा हल्का वर्षा हुने सम्भावना छ,’ मौसमविद प्रधानांगले भने ।

उनका अनुसार उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम खालको हिमपात पनि हुनेछ । साथै पश्चिमी क्षेत्रहरुमा आंशिक बदली भई एक-दुई स्थानमा क्षणिक वर्षा हुने सम्भावना छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411