महिलालाई किन बढी टाउको दुख्छ ?

आईतवार, पौष १, २०७५ साल,

पुरुषको तुलनामा महिलामा टाउको दुख्ने समस्या बढी हुने गरेको छ । महिलाले पाउने दोहोरो जिम्मेवारी (बच्चा जन्माउने काम)का कारण या हर्मोनका कारण पनि हुन सक्छ । तर, यसका पछि अन्य कारण पनि छन् स्

चिन्ता

अक्सर टाउकोको कुन भाग दुखिरहेको छ, त्यहीअनुसार तपाईंको मनिस्थिति के छ भन्ने पत्ता लगाउन सकिन्छ । यदि टाउकोको दुवै भागतिर दुखिरहेको छ भने बुझनुहोस्, यो चिन्ता (टेन्सन)का कारणले हो ।

माइग्रेन

यदि बीच भागमा टाउको दुख्छ भने त्यसलाई सामान्य मान्नु हुँदैन । यो माइग्रेनसमेत हुन सक्छ । यो खतरनाक समस्या भएकाले तुरुन्त डाक्टरकहाँ जानुपर्छ ।

पाचनमा समस्या

कहिलेकाहीँ टाउको दुख्ने कारण पेटसँग जोडिएको हुन्छ । पाचन प्रणाली सही नहुँदा टाउको दुख्ने हुन्छ । यदि टाउकोको एक भाग लामो समय दुख्यो भने झाडापखालाको लक्षण पनि हुन सक्छ ।

बोझ

यदि तपाईंले कुनै कुराको बोझ महसुस गरिहनुभएको छ र यो लामो समय कायम रहेमा टाउको दुख्ने हुन्छ ।

हर्मोन

टाउको दुखाइको एउटा कारण हर्मोन पनि हो । हर्मोनका कारण हृदयको गति धेरै तेज हुन्छ । अनि, पसिना आउँछ । यी तमाम बदलावका कारण टाउको दुख्ने हुन्छ ।

एलर्जी

कुनै एक खास ध्वनि कानमा गुञ्जिरह्यो भने टाउको दुख्न सक्छ । घन्टौँसम्म फोनमा कुरा गर्दा पनि यो समस्या आउन सक्छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411