एक बर्षसम्म स्मार्टफोन नबोक्नेलाई एक करोड रुपैयाँ पुरस्कार

आईतवार, पौष १, २०७५ साल,
एजेन्सी । के तपाई बिना स्मार्टफोन एक दिन मात्र पनि बस्न सक्नुहुन्छरु सायद सक्नुहुन्न होला । यहाँ एक दुई दिन, हप्ता वा महिना नभई पूरै एक बर्ष बिना फोन बस्नुपर्ने शर्त रहेको छ । यस क्रममा स्मार्टफोन छुन पनि पाइदैन ।

यदि तपाई यो चुनौतीलाई स्वीकार गर्नुहुन्छ भने एक लाख डलर अर्थात् करिब एक करोड १५ लाखको पुरस्कार जित्न सक्नुहुनेछ ।

केबल भनेको भरमा मात्र हुदैन पूरै एक बर्षभरी चुनौतीको सामना गर्नुपर्ने हुन्छ । एक बर्ष पूरा भएपछि प्रतियोगितामा भाग लिने व्यक्तिको लाई–डिटेक्टर टेस्ट पनि गरिन्छ । यि सबै प्रक्रिया पूरा गरिसकेपछि मात्र पुरस्कार दिइनेछ ।

खबरका अनुसार एउटा निजी कम्पनी भिटामिनवाटरको तर्फबाट यो प्रतियोगिता आयोजना भइरहेको छ ।

प्रतियोगिताको नियमका अनुसार यसमा शामिल हुने प्रतियोगीले ३६५ दिन बिना स्मार्टफोन बस्नुपर्ने हुन्छ । ८ जनवरीसम्म प्रतियोगितामा भाग लिन सकिनेछ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411