रोबोटले कामदारको शरीरमा घुसायो तीखा रड !

आईतवार, पौष १, २०७५ साल,
एजेन्सी । आधुनिक युगमा मानिसको सहायता गर्नका लागि रोबोट अर्थात् यन्त्रमानवको प्रयोग धमाधम भइरहेको छ । तर रोबोटबाट खतरा पनि हुन्छ र त्यस्तो खतराको पछिल्लो उदाहरण चीनमा देखिएको छ ।

चीनको दक्षिणमा रहेको झूजौ प्रान्तमा चिनियाँ भाँडाकुँडा बनाउने एक कारखानामा अनियन्त्रित रोबोटले एक कर्मचारीमाथि आक्रमण गरेको छ ।

आक्रमणका क्रममा रोबोटले कर्मचारीको शरीरमा स्टीलबाट बनेका १० वटा चुच्चा रडहरू घुसाइदिएको छ । कर्मचारीको हात र छातीमा एक फीट लामो १० वटा रड रोबोटले घुसाएको हो ।

रडहरूको मोटाइ डेढ सेन्टिमिटर थियो ।

घाइते कर्मचारीलाई तत्कालै अस्पताल लगियो । चिकित्सकहरूले अनेकौं घन्टाको शल्यक्रियापछि कर्मचारीको शरीरबाट रड निकाले । एउटा रड त कर्मचारीको शरीरको मुख्य नसासँग लगभग जोडिएको थियो ।

अस्पताल प्रशासनले घाइते कर्मचारीको हालत स्थिर रहेको जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411