पोखराका सिडी विजय अधिकारी बने पहिलो भ्वाइस अफ नेपाल

शनिबार, मंसिर २९, २०७५ साल,
काठमाडौं । पहिलो भ्वाइस अफ नेपालको उपाधि पोखराका सिडी विजय अधिकारीले जित्न सफल भएका छन्। कतारमा शुक्रबार राति भएको ग्रान्ड फिनालेमा अधिकारीले सबैभन्दा बढी भोट पाएर उपाधि जितेको घोषणा गरियो।

गायन रियालिटीको अन्तर्राष्ट्रिय फ्रेन्चाइज शो ुद भ्वाइस अफ नेपालु जित्दै उनले २५ लाख रुपैयाँको चेक पनि पाए।

अधिकारी टिम दीपबाट फिनालेमा सहभागी भएका थिए। दीप श्रेष्ठले उनलाई गायन सिकाएका थिए।

फिनालेमा सुनप पौडेलको टिमबाट सप्तक दुतराज, अभया सुब्बा टिमको तर्फबाट कुशल आचार्य र  टिम प्रमोदको तर्फबाट श्रृजे थपलिया थिए।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411