एक डलर घूस खाँदा तिर्नुपर्‍यो एक लाख डलर जरिवाना

बिहीवार, मंसिर २७, २०७५ साल,

एजेन्सी । सिंगापुरमा जम्मा एक डलर घूस लिएको पाइएपछि दुईजनामाथि एक लाख डलरको जरिवाना सजाय लगाइएको छ ।

चेन जिलियाङ र झाओ युकुन सिंगापुर सिटीको बन्दरगाहमा फोर्क लिफ्ट चालक थिए । उनीहरूले कामकै सिलसिलामा एक डलर घूस खाएको स्वीकार गरे ।

सिंगापुरको भ्रष्टाचारनिरोधी विभागले दुई चालकलाई एक लाख सिंगापुर डलरको जरिवाना लगाएको छ । अनि उनीहरूलाई ६ महिनाको कारावास सजाय पनि सुनाइएको छ ।

विभागका अनुसार, जतिसुकै रकमको भएपनि भ्रष्टाचार पटक्कै सहन सकिँदैन । सिंगापुरको कानूनअनुसार, भ्रष्टाचारमा लिप्त व्यक्तिलाई एक लाख डलर जरिवाना र अधिकतम पाँच वर्षको कारावास सजायको व्यवस्था छ ।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411