१२ करोडको लागतमा प्रादेशिक दुग्ध उद्योग खुल्ने

बिहीवार, मंसिर २७, २०७५ साल,
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी लगानीमा रु १२ करोडको प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ । काभ्रेस्थित धुलिखेल नगरपालिकाका उद्योगी माधव धिताल र पाँचखाल नगरपालिकाका उद्योगी जयकृष्ण आचार्यको संयुक्त लगानीमा रु १२ करोडको लगानीमा प्रदेशस्तरीय उद्योग निर्माण गर्न थालिएको हो ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ स्थित औद्योगिक क्षेत्रको दुई रोपनी जग्गा ४० वर्षका लागि लिजमा लिएर दुग्ध उद्योग निर्माण अघि बढाइएको उद्योगी धितालले जानकारी दिए ।  ‘गत वर्षको मङ्सिरदेखि उद्योग निर्माण शुरु गरिएकामा अब तीन महीनाभित्रै निर्माण पूरा गरी सञ्चालनमा ल्याउँछौँ”, उनले भने, ‘हाल बजारको माग झण्डै सात हजार लिटर छ तर दुई हजार लिटर अझै अपुग छ ।’

पच्चिस वर्षदेखि दुग्ध व्यवसाय गर्दै आएका उद्योगीद्वयले हाल काठमाडौंमा दैनिक १५ हजार लिटर दूध आपूर्ति गर्ने गरेको बताए । अहिले यहाँका पशुपालक किसानबाट दूध संकलन गरेर सम्भव नहुने भएकाले बुटबलबाट ल्याएर भए पनि प्रतिदिन दुई हजार लिटर बजारमा पुर्‍याइने जानकारी दिँदै उहाँले आगामी दिनमा उद्योगले कर्णाली प्रदेशमा दैनिक १५ हजार लिटर दूध बजारमा पुर्‍याउने लक्ष्य राखेको बताए ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले बुधबार निर्माणाधीन उद्योग अवलोकन गरी प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बचन दिए ।

कानूनमन्त्री भण्डारी प्रदेशस्तरीय छापाखानाको सम्भावित क्षेत्र, त्यसको दिगोपन तथा सुरक्षा अवस्था र कृषिमन्त्री केसी निर्माणाधीन दुग्ध उद्योगलगायत कृषिसँग सम्बन्धित उद्योग अवलोकन गर्न औद्योगिक क्षेत्रमा पुगेका थिए ।रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489